बाढीपिडितकालागि बाँकेमा रक्तदान


नेपालगन्ज (बाँके) । रसुवाको भोटेकोशी-त्रिशुली क्षेत्रका बाढीपीडित घाइतेहरुका लागी उपचारका क्रममा आवश्यक पर्ने भएकोले रगत संकलन गर्ने कार्यक्रम भादौं १३ गते शनिवार गरिएको छ ।

भाद्र १० गते रसुवाको भोटेकोशी-त्रिशुली क्षेत्रका बाढीपीडित घाइतेहरुका लागी उपचारका क्रममा आवश्यक पर्ने भएकोले रगत संकलन, नेपालगन्जको सेतु बिक चौक नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा स्वयंसेवी रक्तदाता महिला पुरुष गरी २६ जनाले रक्तदान गर्नुभएको हो ।

रक्तदान गर्नु हुने ब्यक्तित्वहरुमा केशव भुषाल, प्रबीन सिंह चौधरी, कृष्ण चौधरी, मोनिष थारु, नरेश साहू, पवन आचार्य, राम गोपाल थारु, नारायण थारु, सुदिप थारु, प्रमोद कुमार थारु, देब बहादुर बुढाथोकी, राकेश थारु, रोशन थारु, गणेश थारु, बन्दना मल्ल, मुकुन्द पाण्डे, गोपाल श्रेष्ठ, टोपेन्द्र बिक, राकेश थारु, रोहित परियार, सुमन श्रेष्ठ, सगुन श्रेष्ठ, बिजय कुमार बुढा, अरुण थापा, जितेन्द्र चौधरी र बिकास थापाले रक्तदान गर्नुभयो ।

रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, वरिष्ठ प्राविधिक सोम प्रकाश सापकोटा, सुशील कोइराला प्रखर क्यन्सर हसिपटल खजुरामा सत्तचालित रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।