आज कर्णाली प्रदेशको प्रदेश सभा बैठक बस्दै


आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि छलफल हुने


मिलन श्रेष्ठ
सुर्खेत, २० चैत ।
कर्णाली प्रदेशको प्रदेश सभा वैठक आज बस्दैछ । बैठक दिउँस १ बजे बस्नेछ । प्रदेश सभाको आजको बैठकमा प्रदेश सरकारले पेश गरेको आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि छलफल हुनेछ ।
गएको शुक्रबार बसेको संसद वैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पेश गर्नुभएको आर्थिक विधेयकको सैद्धान्तिक छलफल हुने प्रदेश सभा सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिनुभयो ।
साथै आजको बैठकबाट सम्भवतः प्रदेश सभा संसद निमायवली पारित हुने उहाँले जानकारी दिनुभयो ।