नविन पुरीको झ्याउरे गीत, “ जन्मेकै भुमिमा ” सार्वजनिक


मिलन श्रेष्ठ
सुर्खेत, २० चैत ।
कल्चर नेपाल नेटवर्क प्रालिको प्रस्तुतिमा नवीन पुरीको “ जन्मेकै भुमिमा ”बोलको गीत हालै मात्र सार्वजनिक भएको छ ।
चर्चित गायिका टीका पुन र युवा गायक शिव सङ्गितको आवाज रहेको गिती एलवम् का शब्द नवीन पुरी र कृष्ण थापाको रहेको छ भने म्यूजिक नवीन पुरीकै छ ।
चन्द्र मन्दिर द्धारा निर्देशित गीतको म्यूजिक भिडियो मा नवीन वली र पुष्पा रास्कोटी अभिनित गीतको भिडियो छांयांकन हेमन्त कडेंलले गरेका छन् भने मानबहादुर वलीले सम्पादन गरेको गीतलाई म्यूजिक नेपाल प्रालिले बजार व्यवस्थापन गरेको छ ।