कोरियाबाट सहयोग प्राप्त सामाग्री हस्तान्तरण


२० बैशाख, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नकालागि आज कर्णाली प्रदेश सरकारलाई थर्मल गन हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकारलाई दक्षिण कोरियमा रहेको कर्णाली प्रदेश समाज दक्षिण कोरियाले आज १ सय १० थान थर्मल गन उपलब्ध गराएको हो । पत्रकार नगेन्द्र उपाध्यायले कोरियाबाट आइपुगेको थर्मल गन आज प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभएको हो । सामाग्री हस्तान्तरण गर्दै पत्रकार उपाध्याय भन्नुभयो ‘आफूलाई सहजीकरणकालागि विश्वास गरि यो कार्यको जिम्मेवारी दिनुहुने सबैलाई आभार ब्यक्त गर्दछु ।’ आफ्नो माटोप्रतिको तपाईहरुको माया शब्दमा पनि व्यक्त गर्न सकिन्न् उपाध्यायले भन्नुभयो ।

प्रदेश सरकारले सहयोग प्राप्त सामाग्रीहरुलाई सात दिनभित्र सम्वन्धीत ठाउँमा पु¥याउने प्रतिवद्धता जनाएको छ ।