– हंशबहादुर शाही बैकल्पिक केन्द्रिय सदस्य नेकपा एमाले
०४५ सालमा अनेरास्ववियू मार्फ आबद्ध हुदै नेपाली कम्यूनिष्ट आन्दोलनमा होमिएका डोल्पाका हंशबहादुर शाही नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य, प्रदेश नं ६ सचिवालय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज समेत हुनुहुन्छ । २०३१ साल असार ८ गते मुट्केचुला गाँउपालिका ६ डोल्पामा जन्मिएका शाही ०४७ मा नेकपा एमालेको साधारण सदस्य, २०५० मा नेकपा एमाले डोल्पा जिक सदस्य, कार्यालय सचिव, ०६१ फागुन देखि जिल्ला कमिटि कार्बाही परेपछि एक सदस्यीय संगठन कमिटि सचिव, ०६३ श्राबण बाट जिल्ला कमिटि सचिव, ०६६ मा राष्टिय प्रतिनिधि परिषद सदस्य, अञ्चल कमिटि सदस्य, ०६९ जिल्ला कमिटिमा अन्तर द्धन्द्ध पछि बिघटित जिल्ला कमिटि जिल्ला संगठन कमिटि संयोजक हुँदै नेकपा एमालेको सम्पन्न नवौं महाधिवेसन बाट बैकल्पिक केन्द्रिय सदस्य हुनुभएका शाही सँग ६ नम्बर प्रदेश, नेकपा एमालेको उपस्थिति तथा समसामयीक बिषयमा हाम्रा सम्पादक कृष्णराज धमालाले गरेको कुराकानी ।
१, प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत भएकोमा तपाइको धारणा के छ ?
शाही- पार्टी वीरेन्द्रनगरमा आयोजीत ०७३ चैत्रको कार्यक्रममा पार्टी अध्यक्ष उपस्थित भएको कार्यक्रममा घोषणा गर्नुभएको थियो । ५० प्रतिशत सदनमा एमालेको सहभागिता भएकोमा यो निर्णय सर्बसम्मत भएकाले ठिक छ । बिभिन्न उपनामले चिनिएको कर्णालीमा अझै गरीब भनिएपनि यहाँको ऐतिहासिक बिशेषता, लामो नदि, पुरानो कर्णाली राज्य, जलश्रोतको धनी, पर्यटकिय स्थल भएकाले यो ठिक छ । नामाकरण महत्वपूर्ण छ । एमालेले राखेको धारणामा अरु दलले समर्थन गर्नु अझै राम्रो छ, सबैलाई धन्यबाद छ । पाँच जिल्लाको मात्रै मनोभाव नभई अरु जिल्लालाई पनि भावनात्मक रुपमा समेट्छ । प्रदेश बैठकलाई धन्यवाद दिनु पर्छ ।
राजधानी भनेको दोश्रो हो पहिलो त नाम नै हो । नेता, जनताको भावना अनुसार आफ्नो क्षेत्रमा पाएक परोस् भन्ने सबैलाई हुन्छ । ६ नम्बर प्रदेशको भूगोललाई हेर्दा अपायक भन्न सक्छन् तर हवाई, सडक यातायात र नदिका आधारमा पनि हुम्लाको ताउलाखार जोडीने, भेरी नदि हुदै सबै जिल्ला छुदै डोल्पा सम्म पुग्छ, सुर्खेतमा प्रर्याप्त जमिन, संरचनाहरु भएकाले पनि उपयुक्त छ । प्रदेश राजधानी निर्माण गर्दा चाहिने भौतिक संरचना निर्माण गर्न हुने खर्च पनि अन्य विकासमा लगानि गर्न सकिने हुँदा पनि यो राजधानी हुनु उपयुक्त र स्वभाविक छ ।
२, सभामुख र मन्त्री नपाएको भन्दै तपाइको दलबाट बिजयी सभासदले राजीनामा समेत दिन पुगे – जनताले दिएको भोटको अबमूल्यन भएन – यस बिषयमा के भन्नुहुन्छ ?
शाही- संविधानमा ब्यबस्था भए अनुसार ४० जना सभासदले आफ्नो अधिकार खोज्नु सब ठिक हो । पदका लागि बिभिन्न कारणले प्रभाव पार्छ नै । त्यसका लागि बहुमतको खाँचो पर्छ । सामान्य असन्तुष्टिहरु जहाँ पनि आउँछन् । यस्ता सामान्य बिबादहरु आउँछन् । प्रदेशमा हामी सँग बहुमत त थियो । पार्टी एकिकरण भइरहेको बेला यो ऐतिहाँसीक मोडमा पद पाउनु पर्छ भन्नु स्वभावीक नै हो । राजीनामाको समाचार सुन्न र पढ्न पाइयो । सल्लाहकार समिति सदस्य चन्द्रबहादुर शाहीले सभामुख राजीनामा पठाएको पाइएको छ, अन्याय भयो भन्नु भयो, के लेखिएको छ त्यो थाहा छैन । उहाँले भनेर हो या नभनेर जे जे समाचारमा आएको छ त्यो आउनु नपर्ने हो, यो दुखदायी कुरा हो । मन्त्री बनाउनेमा एक जनाको हात छैन । तिन जनाको परामर्शमा बनाइएको हो । जसरी राजीनामा दिए भन्नु भएको छ त्यसै गरी राजीनामा उहाँले फिर्ता लिनु पर्छ । पार्टी सदस्यता निजी बिचार हो तर सभासद पद जनताले दिएका हुन् । मुगाली जनताले दिएको भोटको अवमुल्यन उहाँले गर्नुहुन्न । असन्तुष्टि पार्टी भित्र पोख्नु पर्ने हो, मिडियामा आउनु हुदैनथ्यो । उहाँ मेरो आदरणिय नेता हो । आजै ऐतिहाँसीक निर्णय भएको छ त्यसमा उहाँको पनि हस्ताक्षर हुनु पर्छ भन्ने मेरो मान्यता हो ।
३, डोल्पा जिल्लाको प्रतिनिधित्व गर्दै उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रीको जिम्वेवारी पाएका नन्दसिह बुढाका बारेमा पनि आलोचना भइरहेको छ – किन पार्टी नेता कार्यकर्ताहरु बाटै आलोचना हुन्छ ?
शाही- उहाँको बारेमा मैले आधिकारीक रुपमा आलोचना गरेको पाएको छैन । अरुहरुको बरु आलोचना गरीएको पढेको छु तर ब्यक्ति आफूले नपाउदैमा समकक्षिलाई बिभिन्न आरोप लगाउनु हुदैन । जनता बाट निर्बाचित भएका सबैलाई अधिकार भएपनि सबै सम्भव पनि छैन । पार्टी टिकट दिएर उ बिजयी भइसकेपछि किन यस्तो गरीन्छ । टिकट सबैले एउटै प्रक्रियाबाट पाएकाछन् । आन्तरीक छलफल त हुन्छ नै । आफूले नपाएको झोकमा समकक्षिलाई आरोप लगाउनु हुन्न । उहाँले भन्नुभयो होला जस्तो लाग्दैन । भन्नुभयो भने राम्रो भन्नु भएन । पुरानो नेताले यस्ता कुरा गर्न सुहाउँदैन ।
४, मन्त्री बुढा राप्रपाबाट सुटुक्क आएर, पार्टी सुटुक्कै टिकट दिएर बिजयी बन्नुभएको हो र – तपाई त इन्चार्ज सत्य के हो ?
शाही- डोल्पा जिल्लाको पार्टी इतिहाँसलाई नियाल्दा म भन्दा बढि जान्ने अरु पनि हुनुहुन्छ । आजका मिति सम्म सबै कुरा थाहा छ । बेलाबेलामा ठूलो समूह प्रबेश गरेको इतिहाँस छ । पाँचवटा जिल्ला अधिबेसनमा सक्रिय भएर लाग्ने मध्ये म एक हुँ । पदमै रहेर सम्पन्न गरेको छु । प्रवेश गर्ने दिनमा म जहिले पनि त्यही छु । २०५२ मा कांग्रेसबाट जिविस सभापति सहित जननिर्बाचितको समूह र ०५५ साउनमा राप्रपाको ठूलो समूह एमालेमा प्रबेश गरेको हो । अहिलेका मन्त्री कुनैपनि पार्टी सक्रिय थिएनन् । ०५६ बाट एमालेमा भोट दिंदै आउनु भएको हो । उहाँसग कुनै पार्टी सदस्यता नै थिएन । राजनीतिमा उहाँलाई प्रवेश गराउने पनि मै हुँ । हालका मन्त्रीका बारेमा जति मलाई थाहा छ, त्यति अरुलाई थाहा छैन । मैले जाने बुझे अनुसार उहाँ नेकपा एमालेको कार्यकर्ता हुँदै यो स्थानमा पुग्नु भएको हो । उहाले ०६३ सालमा पार्टी संगठित सदस्यता प्राप्त गर्नुभएको हो । चौथो जिल्ला अधिबेसनमा सचिवको उम्मेदवार पनि हुनुहुन्थ्यो । उहाँ बहालवाला पार्टी सचिव पनि हो । यदि उहाँले अन्य कुनै पार्टी सदस्यता लिएको भन्ने निराधार हो । उहाँको राजनीतिक इतिहाँस त मलाई थाहा छ नि ।
५, त्यसो भने मन्त्री बन्न नपाएकाहरुले लाएको आरोप मात्रै हो ?
शाही- यो सब आरोप मात्रै हो । सत्यकुरा लुकाएर कहिल्यै लुक्दैन । पार्टी आबद्ध भएदेखि उहाँले पार्टी हितमा गरेको योगदानको कदर गर्दै जिम्वेवारी दिएको हो । विना अर्थ बिमति जनाउनु भन्दा कर्तब्यनिष्ट भएर काम गर्नु नै राम्रो हो ।
६, तपाई गुरु हेरेको हेरै, चेला मन्त्री – कस्तो राजनीति है ? कहिले दिक्क लाग्दैन तपाइलाई ?
शाही- यो जिज्ञासा नागरीक देखि कार्यकर्ताहरु गर्छन । मैले बुझेको राजनीति समाज सेवा हो । निश्चित पद पाउनका लागि पनि राजनीति गरीदैन । पेशा गरुला, आय आर्जन गरुला भनेर पनि राजनीति गर्ने कुरा होइन । राजनीतिमा धेरै कुराले प्रभाव पार्छ । स्वाभव, केही तिक्डम लगायतका विषयले प्रभाव पार्छ । २५ बर्षो लगानीमा केन्द्रिय सदस्य भए । भूमिगतकाल देखि लागिरहेका गुरुहरु पनि पद बिहिन हुनुहुन्छ । संसदिय पद मात्रै चाहीने भन्ने हुँदैन । डोल्पाको इतिहाँस हेर्दा २४ बर्षसम्म निरन्तर सक्रिय भएको म छु । कति सांसद भए, कति बाहीरीए त्यो महत्व होइन । ब्यक्तिले पाउनु ठूलो कुरा होइन । वाम एकता हुनुमा म खुसि छु । देश र जनताको हितमा वाम सरकार गठन भयो । दक्षिण एसियामा उदाहरण भयो, हिनताबोध गर्नु हुन्न । जुनियरले पनि टिकट पाए बिजयी भए । जिल्लाको हिसाबले गर्ब गर्ने ठाउँ छ । म इन्चार्ज भएको बेला जिल्ला नै बाममय गर्न सक्नु नै गर्ब हो । पार्टीले गरेको निर्णय नै महत्वपूर्ण हो । जननेता मदन भण्डारीले के ठूलै पद लिनुभएको थियो, के गणेशमानले नै पद लिनुभएको थियो र – शान्ति, समृद्धि, मूलुकका समग्र विकासमा गर्ब गर्न सक्नु पर्छ । मेरा गुरु पनि पद नपाएर काम गरीरहेका छन् म पनि पद नपाउँदा हतोत्साहित हुन्न । पार्टी र जनताले मूल्यांकन गर्छन् सुनौलो दिन अबस्य आउँछ, त्यसका लागि आत्तिनु हुँदैन ।
७, कर्णाली प्रदेशमा तपाइको पार्टीले जिम्मेवारी दिई पठाएका सबै नेताहरु सक्षम छन् त ?
शाही- ४० जना सबै क्षमतावान नै हुनुहुन्छ । एमालेका २० जना सभासद जनाधार भएका र क्षमतावान नै हुनुहुन्छ । पोलीटब्यूरो सदस्य, केन्द्रिय सदस्य, प्रदेश सचिवालाय सदस्य, प्रदेश सदस्य लगायतका नेताहरु हुनुहुन्छ । पार्टीले जिम्मेवारी दिई पठाएका नेताहरु बिशेष क्षमताका आधारमा जिम्मेवारी दिएको छ । उहाँहरुको क्षमतामापन गर्ने समय बाँकी नै छ । पोलीटब्यूरो सदस्य प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा पठाईएकोले यो नै गर्ब गर्ने बिषय हो, उहाँका सारथीहरु पनि सबै बिषयमा सक्षम नै छन् । यो प्रदेशलाई सम्पन्न प्रदेश बनाउनमा उहाँहरुको महत्वपूर्ण भूमिका हुनेमा सबै आशावादी हुनुपर्छ ।
Milan Shrestha । १२ फाल्गुन २०७४, शनिबार १५:१३ बजे