जुम्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


अविरल ढकाल,
जुम्ला, चैत्र २२ ।
१० औ अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहिवार देखि जुम्लामा शुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” नाराका साथ जुम्लामा १० औ अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको छ ।
जिल्ला समन्वय समिती जुम्लाका प्रमुख लालवहादुर सार्कीले रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले वर्षै पिच्छे सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डले खेल क्षेत्रको विकासमा टेवा पुरयाएको वताए । रनिङ शिल्डको अवधी भरमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न र विवाद रहित खेलकुद खेलाउनको लागि आग्रह गरे । यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले उद्घाटन गर्ने कार्यतालिका भएपनि मौसम खरावीका कारण आउन नसकेपछि जिल्ला समन्वय समितीका प्रमुख लालवहादुर सार्कीले उद्घाटन गरेका हुन ।


प्रतियोगिताको पहिलो दिन भलिवल तर्फका छात्र र छात्रा ७ वटा खेल भएका छन । छात्रा तर्फको उद्घाटन खेल नेपाल राष्ट्रिय मावि मालिकावोता र मालिका मावि लोडचौर विच भएकोमा नेपाल राष्ट्रिय मावि विजयी भएको छ । दोस्रो खेल महादेव मावि वुम्रामाडीचौर र रत्नचुडेश्वर मावि विच भएकोमा महादेव मावि विजयी भएको आयोजक खेलकुद जुम्लाले जनाएको छ । त्यस्तै दौउदतर्फ खेलभने भोली फाइनल हुने बताएको छ । सर्टफुट खेलको रत्नाचुडेश्वर माध्यमिक बिद्यालयका छात्र तर्फ जित बहादुर बोहोरा प्रथाम र द्धितृय नेपाल राष्टय माध्यमिक बिद्यालयका छात्र हिमाल जैसि र जनता माध्यमिक बिद्यालय महतगाउका नहकुल शाही तितृय स्थान हासिल गरेका छन् । त्यस्तै छात्रा तर्फ चन्दननाथ नमुना माध्यमिक बिद्यालयका तारा बुढा प्रथाम द्धितृय नेपाल राष्टीय माध्यमिक बिद्यालय मालिका बोताका रामपुरा बुढा कर्णाली माबि अनम नगरका सरिता बुढा हुनुभएको छ । त्यस्तै जोलिब्ङ थ्रो कबडी लगात खेल भएका छन ।
प्रतियोगिताको पहिलो दिन भलिवल, सटफुट, दौड, कवडी, र जोलिब्ङ थ्रो खेल भएका थिए । प्रतियोगिताका विजेताहरुलाई खेलको अन्तिम दिन पुरस्कार प्रदान गरिने छ । जिल्ला खेलकुद विकास जुम्लाको आयोजना र चन्दननाथ नमुना विद्यालयको व्यवास्थापनमा तिन दिन सम्म सञ्चालन हुने यस प्रतियोगितामा १८ विद्यालय सहभागि भएका छन् ।