Prawash Kumar Shakya । १५ जेष्ठ २०८२, बुधबार १३:३४ बजे
अनियमितता भ्रष्टाचार र भ्रष्टाचारी मिलेर बनेको देश लुटन बनेको त्रीकोण तोडने अभियान लिएर खाली खुट्टा पैदल यात्रा सिंहदरवार हिड्नु भएका सुर्खेतका सामाजिक अभियन्ता यूवा नवराज बोहोरा “भेडा” आज ११औं दिनमा दाङ्ग जिल्लाको अमिलिया पुग्नु भएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट अभियान शुरु गर्नुभएकोले उहाँले आठौं दिन देखि काठमाण्डौंको यात्रा शुरु गर्नुभएको हो ।
अभियन्ता नवराजले युवाहरुको आवाज एक हुनुपर्छ, भ्रष्टाचार बन्द गर्नुपर्छ, अहिलेको सरकारको अनियमित र भ्रष्टाचार बिरुद्द खाली खुट्टा अभियान, अहिलेको अनियमित र भ्रष्टाचारमा लिप्त भएको सरकारलाई खबरदारी गर्न यो अभियान चालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “म अहिलेकै सरकारलाई खबरदारी गर्न मोटरसाईकल र्याली, चोक बन्द, चक्का जाम, बिद्यालय बन्द, अस्पताल बन्द, विद्युत कार्यालय धर्ना जस्ता अराजक गतिविधी म बाट हुदैन । कर्णालीका मुद्दा कृषि, शिक्षा, स्वास्थ्य, उर्जाका नाममा गरिने भ्रष्टाचार विरुद्द यो खाली खुट्टा अभियान म एक्लोले शुरु गरेको हुँ । मेरो यो खाली खुट्टा पैदल यात्रा अभियान प्रधानमन्त्री कार्यालय, बालुवाटारमा पुगेर अभियानको त्रिकोणिय संगम तोड्ने दवाब हुनेछ ।”
अभियन्ता नवराज खाली खुट्टा पैदल यात्राका क्रममा सुर्खेतका विभिन्न व्यक्तिहरु सँग जंगलमा भेट हुँदा र सहयोग पाउँदा खुशी लागेको बताउनुहुन्छ ।
Prawash Kumar Shakya । १५ जेष्ठ २०८२, बुधबार १३:३४ बजे