
दिपेश दाहाल
१५ जेठ, सुर्खेत
कटकुवा सामुदायिक वन उपभोक्ता समूह इत्राम ८ सुर्खेतको अग्नी नियन्त्रण रेखा नमुना कार्यक्रम आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
इलाका वन कार्यालय सुर्खेतको आर्थिक सहयोगमा संचालन गरीएको कार्यक्रममा फरिस्टर अमृतलाल कडेल र वन रक्षक अम्बिका खनालले अग्नि नियन्त्रण तथा वन संंरक्षण सम्बन्धि उपभोक्ताहरुलाई जानकारी गराउनु भएको थियो ।
इलाका वन कार्यालयका सहायक वन अधिकृत चन्द्रेश्वर प्रसाद सिंहको मुख्य आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Prawash Kumar Shakya । १५ जेष्ठ २०७३, शनिबार १५:०२ बजे