अर्को सूचना जारी नहुञ्जेल वीरेन्द्रनगरका बजार विहान ७ देखि ५ बजे सम्म सञ्चालन हुने


७ साउन, सुर्खेत । आज राती १२ देखि सरकारले लकडाउनको अन्त्य गरेपनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा स्थानीय जिल्ला प्रशासनले लगाएको नियम भने अर्को सूचना जारी नहुञ्जेल सम्मकालागि लागु नै हुने भएको छ ।

जिल्ला प्रशासन सुर्खेतले गत असार १९ गते देखि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार विहान ७ बजे देखि साँझ ५ बजे सम्म पसल संचालन गर्ने निर्णय अर्को सूचना नहुञ्जेल सम्मकालागि लागु नै रहने सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ । “सरकारले लकडाउन खुलाएको सञ्चारमाध्यमहरुमा आएपनि स्थानीय प्रशासनले लागु गरेका नियमहरु अहिलेलाई यथावत् नै छ । हामी बैठक बसेर यसबारे निर्णय लिने छौ”