काँग्रेसका महामन्त्री सुर्खेतमा(फोटो फिचर)


फागुण,२ सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का आज(बिहिबार) बुद्ध एयरको फलाईटबाट सुर्खेत आउनु भएको छ । महामन्त्री खड्कालाई नेपाली काँग्रेस पार्टी कार्यकर्ता, नेवि संघ ,तरुण दल, महिल संघ लगाएत विभिन्न क्षेत्रबाट सुर्खेतमा भव्य स्वागत गरिएको छ ।


महामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आउनु भएका उहांलाई सुर्खेत बिमान स्थलमा भव्य स्वागत गरिएको हो । बुद्ध एयरको विमानबाट ओर्लन वित्तिकै पार्टी सभापति कमलराज रेग्मी, प्रदेश सभा सासद यज्ञबहादुर बिसी लगायत ठुलो संख्यामा आएका काँग्रेसका नेता कार्यकर्ताले खादा दिएर स्वागत गरेका थिए । त्यसपछि बीरेन्द्रनगर बजार हुदै खड्का आफ्नो निवासमा पुगेका थिए ।

स्वर्गिय आमाको वर्षदिनको बरखी कर्ममा सहभागी हुन तीन दिनको लागि आफु सुर्खेत रहने र यस पटक कुनै पाटीको कुनै पनि कार्यक्रम नभएको हुदां आफुले अहिले कुनै पनि कार्यक्रमलाई सम्बोधन नगर्ने र केहि पनि नबोल्ने तर अबको १५ दिन पछि पुनः गृह जिल्लामा आएर सबैलाई सम्बोधन सहित आफू बोल्ने बताउनु भयो ।