बजार अनुगमनमा चर्काचर्की हेर्नुहोस भिडियोसहित ?


सुर्खेत, २३ भदौ । जिल्ला बजार अनुगमन समिति सुर्खेतले वीरेन्द्रनगर बजारको अनुगमन गरेको छ । दुई चिसो पेय पदार्थ वेच्ने डिलरसहित ७ वटा पसलहरुको अनुगमन गरिएको समितिले जनाएको छ । अनुगमनको क्रममा डिलर र पसलहरुवाट स्प्राइट ६७, फेन्टा ५७, कोकका २९ वटा वोतल नष्ट गरिएको गरिएको छ ।

यस्तै बिष्कुट १४, कुरमुरे ५०, जुस २ पाकेट पनि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत हितप्रसाद पौडेलले वताउनु भयो । उहाँले मुल्य सुची नराख्ने, म्याद गुज्रिएको पदार्थ विक्री गर्नेलाई पहिलो पटक भएकोले सचेत गरिएको पनि जानकारी दिनुभयो । अधिकृत पौडेलले सामान खरीद विक्री गर्दा उपभोक्रा र व्यापारी दुवैले म्याद हेर्नु पर्ने उल्लेख गर्नुभयो ।

दशैतिहार नजिकदै गर्दा आम उपभोक्ताहरुको हितलाई ध्यानमा राखी बजार अनुगमन गरिएको समितिले जनाएको छ ।अवदेखि बजार अनुगमनलाई नियमित बनाउने प्रशासकिय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिनुभयो । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको नेतृत्वमा रहेको अनुगमन टोलीमा वीरेन्द्रनगर नगरपालिकाका यामलाल गिरी लगायत घरेलु, प्रहरी, क्षेत्रीय अनुगमन कार्यालयका प्रतिनिधीको सहभागीता रहेको छ ।

यता सुर्खेतका सर्वसाधारणले भने बजार अनुगमन समितिले झारा टार्ने गरी अनुगमन गर्ने गरेको आरोप लगाएका छन ।उनीहरुले नियमित बजार अनुगमन नहुदा कालोबजारी मौलाएको गुनासो समेत गरेका छन । उनीहरुले बजार अनुगमनलाई नियमित गर्न र गल्ती गर्ने व्यवसायीलाई कारवाही गर्न समेत माग गरेका छन ।

साभारः राराखबर अनलाइन