
काठमाडौंः बैसाख १२ को शक्तिशाली भूकम्पबाट ढलेको ऐतिहासिक स्तम्भ धरहरा पुनःनिर्माणका लागि ओली मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब दिने भएका छन् ।
भूकम्पले ढलेका ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय संकल्प कार्यक्रमको शुरुवात कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको तलब दिने बताएपछि मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
मंगलबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा निर्माणका लागि सबै मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले एक महिनाको तलब दिने निर्णय गरेको हो ।
मंगलबार दिउँसो भएको ऐतिहासिक धरोहर पुननिर्माण संकल्प कार्यक्रममा प्रम ओलीले ‘म बनाउँछु धरहरा’ अन्तरगत आफ्नो एक महिनाको तलब धरहरा बनाउन प्रदान गर्ने घोषणा गरेका थिए ।
साभारः अन्नपूर्ण पोष्ट
Milan Shrestha । ४ फाल्गुन २०७२, मंगलवार १५:२५ बजे