आघातमा व्यक्तिलाई सहि, गलत छुट्टाउन गह्रो हुन्छः प्रशिक्षक रावत


२८ भाद्र, सुर्खेत । आघात भएका व्यक्तिहरुको दिमागले काम नै नगर्ने एक कार्यक्रमका प्रशिक्षकले बताउनु भएको छ ।

अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि पहूंचयुक्त आघात व्यवस्थापन सम्बन्धि ५ दिने तालिमको अन्तिम दिन कार्यक्रमका प्रशिक्षक कंचन रावतले उक्त कुरामा बताउनु भएको हो । रावतले बताउनुभयो “आघात भएको व्यक्तिहरुको मन स्थीर नरहने र दिमागमा धेरै कुराहारु बारम्बार खेल्ने र उक्त कुराहरु क्षण भरमै फेरिने भएको हुँदा सो समयमा उहांहरुको बुद्धिले नै काम गरिरहको हुदैन र व्यक्तिहरुले के गर्ने, के नगर्ने ठम्याउन पनि सक्नु हुदैन ।”

यहि भदौ २४ गते देखि वीरेन्द्रनगरमा सम्पन्न आघात सम्बन्धि ५ दिने तालिमको समापन समारोहका प्रमुख अथिति वीरेन्द्रनगर नगरपालिका उप-प्रमुख निलकण्ठ खनालले अपाङ्गता व्यक्तिहरु र अपाङ्गता भएका महिलाहरु प्रति हेर्न दृष्टिकोणहरुमा धेरै परिवर्तन भएको बताउनु भयो । उहांका अनुसार बिगतका समयहरुमा जस्तो अपाङ्गता भएका व्यक्तिहरुलाई जनमानस बाट नै सम्मान र सम्बोधन भईरहेको छ तर पनि परिवर्तन गर्न धेरै नै बाँकी नै छ ।

नेपाल अपाङ्ग महिला संघको आयोजना तथा यूनाईटेड नेशन ट्रस्ट फण्डको आर्थिक सहयोगमा सुर्खेत,दैलेख र जुम्ला जिल्लाका महिलाहरुका लागि तालिम संचालन गरिएको हो ।

५ दिने तालिमका सहभागीहरुले आयोजकलाई धन्यबाद व्यक्त गर्दे सरोकारवाला निकायहरु पनि महिलाहरु प्रति बढि जिम्मेवार भई उनका नागरिकहरुलाई समस्याबाट निकाल्नका लागी यस्तो खालको तालिम र सेमिनार अनि गोष्ठिरुको आयोजना गरी मानसिक समस्याका कारण आघातमा परेका व्यक्तिहरुलाई सहि उपचार दिनका लागि जनशक्तिहरु तयार गर्न पनि अनुरोध गर्नु भएको छ ।

कार्यक्रम नेपाल अपाङ्ग महिला संघका कोषाध्यक्ष शोभा बिष्टको सभापत्विमा समापन भएको थियो भने सुर्खेत, दैलेख र जुम्लाबाट २८ जनाको सहभागी रहेको नेपाल अपाङ्ग महिला संघका कर्णाली प्रदेशका फोकल पर्सन धनसरा शाहीले जानकारी दिनुभएको छ ।