५ चैत, काठमाडौं । सरकारले यसबर्ष हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको जनाएको छ ।
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले यसबर्षको एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।
यसबर्षको एसईई परीक्षा भोली चैत्र ६ गतेदेखि तोकिएको थियो । यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिने भएका थिए । आज बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । तर त्यस लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णयलाई मान्य हुने गरी एसईई परिक्षा स्थगित भएको जानकारी दिनुभएको हो ।
यो यसबर्षको एसईई परिक्षा कहिले हुने अहिले कुनै निर्णय नभएको बताइएको छ ।



Milan Shrestha । ५ चैत्र २०७६, बुधबार १९:०८ बजे