भाटभटेनी बुटवलमा आगलागि


२५ चैत्र
बुटवल  भाटभटेनी सपिङ कम्प्लेक्समा भिषण आगलागी भएको छ । बिहान ४ बजेबाट सुरु भएको आगलागि  अहिलेसम्म नियन्त्रणमा आउन  सकेको छैन ।   पांचौ तलाको ईलेक्ट्रोनीक्स कक्षबाट सुरु भएको आगो क्रमस सबैतिर फैलन क्रम जारी छ ।

तस्बिर :चित्र बुढाथोकीको फेसबुकबाट
आगो निभाउने बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको २ दमलले प्रयास जारी राखेपनि आगाो नियन्त्रणमा आउन सकेको छैन ।    नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
आगलागि भएको केहि बेरमा नै बुटवल महानगरपालीको दमकल घटनास्थल आएपनि भाटभटेनीका ब्यवस्थापनका कर्मचारी नभेटीएपछि निकै बेर दमकलका कर्मचारी अलमलमा परेका थिए ।
बिहान मर्निङ वाकमा निस्केका स्थानीयले भाटभटेनमा आगोको मुस्लोदेखे पछि प्रहरीलाई खबर गरिदिएका थिए । प्रदेश राजधानी बुटवलमा एकमात्र दमकल हुनु र बुटवल भैरहवाको सडक बर्षौ देखि बन्न नसक्नुले पनि समयमा दमकल घटनास्थल पुग्न नसक्दा आगलागि नियन्त्रण बाहिर गएको हो । आगलागि बढ्दै गएपछि वरीपरिका स्थानीय बासीहरु समेत त्रसित बनेकाछन् ।