मोटे ग्याङ्ग नेपालले बालबालिकासंग प्रेम दिवस मनायो (फोटो फिचर)


२ फागुन, सुर्खेत । कर्णाली प्रदेशमा चर्चित सामाजिक सञ्जाल फेसबुकमा रहेको समूह मोटे ग्याङ्ग नेपालले आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे मनाएको छ ।

मोटे ग्याङ्ग नेपालले वीरेन्द्रनगर ५ चिसापानी स्थित नवपालुवा मोन्टेश्वरीमा रहेका साना बालबालिकाहरुलाई विभिन्न उपहार दिएर भ्यालेन्टाइन डे मनाएको हो ।

मोटे ग्याङ्ग नेपालका एडमिन कुमार सम्सेर थापाले मोन्टेश्वरीमा अध्ययनरत साना विद्यार्थीहरुलाई आवश्यक पर्ने पेन्सिल इरेजर कापी लगाएत केही खानेकुराहरु बाडेर भ्यालेन्टाइन मनाएको बताउनुभयो ।

कार्यक्रम सफल बनाउने बैकुण्ठ स्टोरका निराजन केसी र निर्मल केसीलाई एडमिन थापाले धन्यावद ज्ञापन गर्नुभयो ।