नागरिक स्वास्थ्य रहे मात्र देश र समाज समृद्ध रहने मेयरः वकिल रौतहट


२५ चैत्र –

 विश्व स्वास्थ्य दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ केन्द्र चपुर रौतहटको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रौतहट क्षेत्र नं २ को परोहा नगरपालिकाका श्री ब्रहम ज्योति उ.मा.वि लौकाहा पोखरीयाको प्राङ्गणमा संचालन भएको थियो । वडा नं १ का अध्यक्ष जवाहरलाल राय यादवको सभापतित्व तथा प्रदेश नं २ को नेपाल नगरपालिका संघ एवं परोहा नगर प्रमुख   शेख वकिलको प्रमुख आतिथ्यमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा भएको थियो । स्वास्थ्य सिविरमा जाँच गराउन आएका सबैलाई निःशुल्क औषधीको समेत व्यवस्था गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि  वकिलले नागरिक स्वास्थ्य रहे मात्र देश र समाज स्वास्थ्य, सुखी र समृद्ध रहने बताउनु भयो । उहाँले आयुर्वेद असपताल सम्बन्धी छिटै स्वास्थ्य क्षेत्रमा परोहा नगरपालिकाबाट विशेष सेवा सुविधाहरु उपलब्ध गराइने जानकारी गराउनु भएको थियो । मेयर शेखले स्वाथ्य जीवनको लागि योग आवश्य रहेको बताउदै सबैलाई अनिवार्यले योगा गर्न सुझाव समेत दिनु भयो । अब यस्ता स्वास्थ शिविरहरु सधै भयो भने आम जनतालाई धेरै फैदा हुनेछ यस्ता कार्यक्रमहरुमा मेरो सक्दो सहयोग रहने आगामी दिनहरुमा स्वास्थ्य शिविरले निरन्तरता पाउने आशा समेत राखेको मेयर शेखले बताउनु भयो ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ केन्द्र चपुर रौतहटका प्रमुख डा.विनय कुमार झा, सोही कार्यालयका पवन झा, लगयातले स्वास्थ्य जीवनको महत्वको बारेमा चर्चा गर्नु भएको थियो ।