नाम एक परिचय अनेकः किरण


३१ भाद्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमामा एकजना यस्ता यूवा हुनुहुन्छ जो समय सापेक्ष काम गर्न सँधै तल्लिन बन्नुहुन्छ ।

अझै विषेश गरेर सामाजिक काममा उहाँ अग्रसर हुनुहुन्छ । उहाँ हुनुहुन्छ किरण सापकोटा । मैले आफ्नो घर अगाडी नै भएको अटो (टेम्पो) दुर्घटनालाई हेरेर अब दुर्घटना न्यूनीकरण गर्नुपर्छ भन्ने अभिप्रायले कसै संग आर्थिक सहयोग नलिएर आफ्नै व्यक्तिगत खर्च करिव ५० हजारको लागतमा प्रदेश राजधानीको मुख्य बाटोमा जेब्रा क्रसिङ्गको निर्माण गरे । सामाजिक काममा म संधै अग्रसर नै हुन्छु ।

यसैवीच मेरो सोचाइमा My green n clean school सोच आयो र यहाँ रहेका विद्यालयहरुमा हरियाली वातावरणकालागि बगैचाको निर्माण गर्दै फूलहरुका विरुवा लगाई रहेको छु । विरुवा लगाईसके पछि त्यसलाई मलजल गरि गोड्मेल गर्ने काम पनि म आफै गर्छु ।

हालै निर्माण सम्पन्न भएको वीरेन्द्र चोकमा विभिन्न संघसस्थाहरुले कार्यक्रम गरि त्यहाँ टास्ने पर्चा पम्पलेट व्यानरहरुलाई पिपल चौतारीमा तथा दिप प्रज्वलमा प्रयोग गरिएका यत्रतत्र छरिएका मैनबत्तीहरुलाई विसर्जन गरे यो कार्य कति मन पर्यो होला कतीलाई मन परेन होला । मेरो सोचाई भनेको निर्माण भएको चोकलाई सबैजना मिलेर सफा र सुन्दर बनाई राख्नु हो ।

परिवर्तन हामीबाट नै हो भन्दै मेरो ध्यान फेरी प्रदेश राजधानीको बजारमा पार्किङ्गमा आखाँ पर्यो र मैले पार्किङ्गलाई व्यवस्थित बनाउनकालागि साथीहरुको सहयोगमा पार्किङ्ग व्यवस्थित बनाउन ट्राफिकलाई सहयोग गरेको हुँ ।