
२८ भाद्र, सुर्खेत । कर्णाली प्रदेश सरकारले रुकुमका पहिरो पिडितहरुलाई राहत वितरण राहत वितरण गरेको छ । रुकुम आठविसकोट नगरपालीकाका पहिरोवाट पिडित ३१ घरपरिवारलाई कर्णाली प्रदेश सरकारका तर्फाबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले रुकुमकोराडीवजारमा राहत वितरण गर्नुभएको हो ।
गत साउन २८ गते देखि भाद्र ४ गते सम्म गएको पहिरोवाट आठविसकोट नगरपालीकाकाको ४, ९ र ११ वडाका पहिरोवाट विस्थापीत ३१ घरपरिवारलाई प्रति परिवार २० हजारका दरले राहत प्रदान गरिएको छ । नगरपालीका विभिन्न वडाहरुमा ३१ घरपरिवार पहिरोवाट विस्थापित भएका थिए ।
पहिरोका कारण पूर्णरुपमा क्षति भएर घरवास विहिन वनेका ३१ घरपरिवारलाई प्रदेश सरकारका तर्फाबाट राहत वितरण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।
पहिरो पिडितहरुलाई यसअघि आठविसकोट नगरपालिकाले प्रति घरपरिवार रु ५ हजार, जिल्ला प्रशासन कार्यालय रुकुमले ९ हजार र रेडक्रसले दाल चामल तथा बन्दोबस्तिका सामानहरु वितरण गरेको थियो । गत साउन २८ गते देखि भाद्र ४ गते सम्म गएको पहिरोवाट आठविसकोटमा मात्रै २५ करोडवरावरको क्षती भएको नगरप्रमुख गोरख वहादुर केसीले जानकारी दिनुभयो ।
एकिकृत नमुना वस्ती बनाइने
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले पहिरोपिडतका लागी एकिकृत नमुना वस्तीको विकास गरिने बताउनुभएको छ ।
आठविसकोटका पहिरोपिडित परिवारलाई पुनस्थापनाका लागी प्रदेश सरकारका तर्फाबाट पहल गरिने बताउनुभएको छ । पहिरोका कारण जोखिममा परेको वस्ती लाई एकिकृत नमुना वस्ती विकासको लागी कुनै कसर बाँकी नराख्ने मन्त्री केसी जानकारी दिदै यसको नेतृत्व नगरपालीकाले लिनेछ र प्रदेश सरकार यसको सहयोगी भुमिका खेल्ने उहाँले भन्नुभयो ।
पहिरोवाट प्रभावित परिवार प्रति दुख ब्यक्त गर्दै मन्त्री केसीले भन्नुभयो “ज्यान भए जिउलो हुन्छ, तपाईहरुले पहिरोवाट धेरैक्षती हुदा ज्यान जोगाउनु भएको छ, चिन्ता नलिनुस तपाईको साथमा सरकार छ ।”
Milan Shrestha । २८ भाद्र २०७५, बिहीबार २०:०३ बजे