काठमाडौंमा हावाहुरी, रुख ढल्दा ६ जना घाइते


१५ चैत, काठमाडौं । सोमबार अपराहृन काठमाडौं उपत्यकामा भीषण हावाहुरी चलेको छ । हावाहुरीका कारण रुख ढलेर तथा घरको छतमा राखेको इँटा खसेर ६ जना घाइते भएका छन् ।
सोमबार अपराहृन एक्कासी हावाहुरी चलेको थियो । आधा घन्टासम्म लगातार हावाहुरी चल्दा यातायात प्रभावित भएको थियो भने अन्तराष्ट्रिय उडान समेत रोकिएको थियो ।
हावाहुरीका कारण त्रिचन्द्र क्याम्पस अगाडि रुख ढलेको छ । ढलेको रुखको हाँगाले लाग्दा मोटरसाइकलमा सवार कीर्तिपुरका अन्सु ढंगोल र रजनी डंगोल घाइते भएका छन् ।
उनीहरु पती पत्नी हुन् र दुबैको वीर अस्पतालमा उपचार भइरहेको छ ।
विद्युत प्राधिकरण अगाडि र बसुन्धारा क्षेत्रमा पनि हावाहुरीका कारण सडक किनारामा रहेको रुख ढलेको छ । रुख ढल्ला केहीबेर सडक अवरुद्ध भएको थियो । प्रहरीले रुख काटेर अवरोध हटाएको छ ।
यस्तै स्वयम्भूमा घरको छतमा रहेको इँटा झरेर लाग्दा एक जना सामान्य घाइते भएका छन् ।

साभारः अनलाइन खबर