मुख्यन्याधिवक्ता मानन्धर द्वारा सपथ ग्रहण


फोटोः सन्तोष श्रेष्ठ

मिलन श्रेष्ठ

२८ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसबाट नियुक्त हुनभएको मुख्य न्याधिवक्ता विद्याभूषण मानन्धरले आज प्रदेश प्रमुख दुर्गाकेशर खनाल समक्ष सुर्खेतका मुख्यन्यायधिस हरि पोखरेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

नवनियुक्त मुख्यन्याधिवक्ता मानन्धरले राज्यले प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार जिम्मेवारी आफ्नो काँधमा दिएकोले अब आफुले प्रदेश सरकारलाई आइपर्ने कानुनी र संवैधानिक जटिलताहरुलाई सहजिकरण गर्ने बताउनुभयो ।