चिकित्सक कुटिएको विरोधमा कर्णाली प्रदेशका चिकित्सकहरुको ऐक्यबद्धता 


मिलन श्रेष्ठ
१९,जेठ सुर्खेत । चिकित्सकमाथि भएको हातपातको विरोधमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकहरुले समर्थन गर्दे ऐक्यबद्धता जनाएका छन् ।

अहिले देश कोरोना भाइरस (कोभिड-१९)को महामारीबाट ग्रसित रहेको अवस्थामा सबै भन्दा अग्रपंत्तिमा रहेर कार्य गर्ने चिकित्सकमाथि हातपात गरि चिकित्सकहरुको मनोवल खस्ने गरि नै निन्दनिय कार्य गरेको र उक्त कार्यका कारण अस्पतालमा बिरामी जाँच्ने वातावरण नभएकोले अस्पतालमा शान्तिसुरक्षाको व्यवस्था सहित पुन कार्य गर्न सहज वातावरण बनोस् र कार्यरत चिकित्सकहरुको मनोवल बढाउनका लागी ऐक्यबद्धता सहितको समर्थन गरेको कर्णाली प्रदेश अस्पतालमा कार्यरत हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डा.शुभ श्रेष्ठले जानकारी दिनुभयो ।

स्मरण रहोस ४ दिनअघि दमका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका छोराले नेपाल मेडिकल क्लेज काठमाण्डौमा कार्यरत दुई जना चिकित्सकलाई कुटपिट गरेका थिए ।