
१० जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका तथा ९ नं वडा कार्यालयको संयुक्त आयोजनामा आज ९ नं वडा स्थित शिव मन्दिर परिसरमा ७० बर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक सम्मान तथा आमाबुवा चौतारी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ९ नं वडाका बृद्ध कर्णबहादुर श्रेष्ठले जेष्ठ नागरिकहरुले नयाँ पुस्तालाई सकारात्मक कुराहरु सिकाउनुपर्ने बताउनुभयो ।
त्यस्तै अर्का बृद्ध बाबुकृष्ण श्रेष्ठले संघिय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई वडा बाटै नै वितरण गर्ने व्यवस्था गर्न आग्रह गर्नुभएको थियो भने समाजसेवी डम्मरविक्रम जिसीले वडा तथा नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान तथा उहाँहरु सँग भेटघाट गरि जेष्ठ नागरिकका कुरा सुन्ने कार्यक्रम राखेको आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बृद्धहरुलाई के गर्दा राम्रो हुन्छ भन्ने बारेमा छलफल चलिरहेको बताउँदै आमाबुवाको सम्पत्ति खाने तर आमाबुवालाई नहेर्ने परम्परालाई अन्त्य गर्नुपर्नेमा जोड दिँदै वडामा जेष्ठ नागरिकहरुलाई नगरपालिकाबाट स्वास्थ सेवाको व्यवस्था गर्न छलफल गरिरहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले जेष्ठ नागरिकहरुकालागि नगरपालिकाले क्षेत्रिय अस्पतालमा ४ शैयाको शुरुवात गरेको बताउनुभयो ।
जेष्ठ नागरिकका समस्याहरु सुनेर त्यसलाई समाधान गर्नकालागि आगामी नगरको कार्यक्रममा समेट्ने बताउँदै जेष्ठ नागरिकहरुबाट धेरै कुरा सिक्न बाँकी रहेको बताउनुभयो साथै उहाँले नगरपालिकाले चाँडै नगर अस्पताल पनि सञ्चालन गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी तथा अतिथी उपप्रमुख मोहनमाया ढकालले ९ नं वडाका ९७ बर्षिया मैसरी खत्री,९७ बर्षिया मायादेवी रोकाया, ८५ बर्षिया मैसरी पुरी, ९० बर्षिय कलबहादुर थापा, ८३ बर्षिय कर्णबहादुर श्रेष्ठ र ८६ बर्षिय रन्जित शाहलाई दोसल्ला ओढाएर खाध्य सामाग्री वितरण गर्नुभएको थियो भने अन्य जेष्ठ नागरिकहरुलाई वडा अध्यक्ष सुरेश मानन्धरले खाध्य सामाग्री वितरण गर्नुभएको वडा सचिव देवप्रसाद मुलेलले बताउनुभयो ।
करिब २५० जना सहभागी कार्यक्रमको सभापतित्व ९ नं वडाका वडा अध्यक्ष सुरेश मानन्धरले गर्नुभएको थियो भने नगरपालिकाका दिपेश सुवेदीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो
Milan Shrestha । १० जेष्ठ २०७५, बिहीबार १०:३९ बजे