हज यात्रीलाई सम्मान तथा विदाई


पवन जायसवाल ।

नेपालगन्ज । गौरव स्मृति तथा बीयोर सेल्फ फाउण्डेशनद्वारा नेपालगन्जबाट हज गर्नका लागी जाने मुस्लिम धर्मावलम्बीलाई नेपालगन्ज–४ स्थित भोला चौकमा सम्मान तथा बिदाई गरिएको छ ।

मुस्लिम धर्मावलम्बीहरुले नेपालगन्जबाट पवित्र स्थान साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने यात्रीहरुलाई सम्मान तथा बिदाई कार्यक्रममा गौरव स्मृति तथा बीयोर सेल्फ फाउण्डेशनका संरक्षक प्रदीप शाहले धर्म गुरु भारतबाटका बेल्ग्राम शरीफका मियाँलाई २०किलो फूलको माला लगाएर सम्मान गर्नु भएको थियो । सो कार्यक्रममा करीब ३० जना हजयात्रीहरुलाई ढाका टोली लगाएर सम्मान तथा बिदाई गरिएको थियो ।

सम्मान तथा बिदाई कार्यक्रममा चाँद खाँ, सत्तार खाँ, अतहर हुसैन फारुकी, मौलाना मन्सूर, मेराज अहमद हिमालय,रहिश हलवाई, जुनैद हलवाई, हाफिज सैहजाद गणेशपुर, गौरव स्मृति तथा बीयोर सेल्फ फाउण्डेशनका अध्यक्ष मधु शाह, उपाध्यक्ष करन साहू, सचिव सुखराम ठाकुर, सहसचिव पे्रमाशाही, कोषाध्यक्ष बिजय कोरी, सदस्यहरुमा अजय कोरी, मुन्शी हज्जाम, प्रधान सल्मानी, शिवम्शाह, प्रदिप कौलिक, शिवम गुप्ता लगातयको सहभागिता रहेको थियो ।

यस वर्ष बाँके जिल्लाबाट बिभिन्न स्थानबाट हज गर्न साउदी अरेबियाको मक्का मदिनामा १ सय ५५ जना मुस्लिम धर्मावलम्बी जाने भएका छन् जस मध्ये ७६ जना महिला र ७९ जना पुरुष हज गर्न जाने यात्री रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।