जनजाति महासंघको अध्यक्षमा जगत बराम विजयी


जनजाति महासंघको अध्यक्षमा जगत बराम विजयी
७ पुस, चितवन । नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट जगत बराम विजयी भएका छन् । नयाँ नेतृत्वका लागि  एमालेका तर्फबाट उम्मेदवार बनेका सुर्य भुजेललाइ ८ मतले पछि पार्दै काँग्रेस र माओवादी केन्द्रलगायत दलको प्यानलका उम्मेदवार बराम विजयी भएका हुन् । महासंघमा एमाले सबै सीटमा पराजीत भएको छ ।

५६ मतदातामध्ये बरामले ३१ र भुजेलले २३ मत पाएको नेपाल आदीवासी जनजाति जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष पदम गुरुङ्गले जानकारी दिए । निर्वाचनमा १ मत बदर भएको थियो ।
aadibasi-janajati-mahasangh-2
उपाध्यक्षमा  पनि संयुक्त प्यानलकै उम्मेद्वारहरू विजयी भएका छन् ।

यस्तै महासचिवमा गठबन्धनकै संघीय समाजवादीका नित्यानन्द ताजपुरिया र कोषाध्यक्षमा माओवादी मुकुन्द पहारी विजयी भएका छन् । ताजपुरियाले ३७ र उनका प्रतिद्वन्दी टासी हृवाल्मुले १५ मत पाएको थिए ।

यसैगरी कोषाध्यक्षका उम्मेदवार मुकुन्द पहारीले ३६ र उनका प्रतिद्वन्दी प्रेमीलाल चौधरीले १५ मत प्राप्त गरेका थिए । उपाध्यक्षहरुमा माओवादीका गणेश थकाली र कुष्णकुमारी थकाली विजयी भएका छन् ।

त्यस्तै सचिवमा श्रृति कुमाल विजयी भएको भुलेज समाजका केन्द्रीय सचिव प्रकाश भुजेलले जानकारी दिए । एमालेविरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन रहेको छ ।

महाधिवेशनले १३ सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाइएको महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए । महाधिवेशनबाट संशोधीत विधानअनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित ८ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको छ । समावेशीतर्फ एक उपाध्यक्ष र एक सचिव महिलाबाटै प्रतिष्पर्धा हुने तथा पाँच जना महिला सचिव अनिवार्य गरिएको छ ।स्रोतः अनलाईन ।