मंगलगढी-लाटीकोइली सडक निर्माण सम्झौता सम्पन्न


१५ म‌ंसीर, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको बहुप्रतिक्षित मंगलगढी-लाटीकोइली सडक निर्माण सम्झौता आज सम्पन्न भएको छ ।

विगत करिब ४ बर्ष अगाडी सडक निर्माणकोलागि वीरेन्द्रनगर नगरपालीका तथा पूर्बाधार मन्त्रालयद्वारा प्रकृया थालनी हुँदा ठेक्का प्रकृयामा समस्या भई निर्माण कार्यमा ढिलासुस्ती भएको बताइएको छ ।

यसैवीच भौतिक पूर्वाधार मन्त्रालयले नयाँ ठेक्का प्रकृयाबाट बाँकी रहेको पक्की नाला सडक कालाेपत्रे क्यारी तथा लाईटीङ्ग सिस्टम समेत एउटै प्याकेजमा एउटै ठेक्का बाट निर्माण गर्नकाेलागी ठेक्का प्रकृया अगाडी बढाइ आज निर्माणकोलागि सम्झौता भएको हो ।

१८ महिनामा निर्माण सम्पन्न गरिसक्नु पर्ने समायावधी भएपनि १२ महिना भित्र सक्ने लक्ष्य रहेको  वीरेन्द्रनगर ९ का वडा अध्यक्ष सुरेश मानन्धर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “यो हाम्रो वडाको नै गौरवको सडक रहेकोले सम्पूर्ण वडावासीहरुमा निर्माणकार्यमा सहयोग गरिदिनहुन म अनुरोध गर्दछु ।”