क्यानको शुभकामना आदान प्रदान


३० चैत्र, सुर्खेत । कम्यूटर एशोसिएसन क्यान महासंघ सुर्खेतले नवबर्ष विक्रम सम्बत् २०७५लाई स्वागत गर्दै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारीले नवबर्षको शुभकामना दिंदै अझै पनि यो प्रदेश कम्प्यूटर प्रविधीको क्षेत्रमा अझैपनि पछाडी परेको बताउँदै अब क्यान महासंघ कर्णाली प्रदेशले प्रदेशमा रहेको कम्प्यूटर क्षेत्रमा रहेका सम्पूर्णलाई समेटेर एकै ढिक्का भएर अगाडी बढ्ने बताउनुभयो ।

त्यस्तै क्यान महासंघ सुर्खेत शाखा अध्यक्ष प्रेमप्रकाश चन्दले शुभकामना दिदै कर्णाली प्रदेशमा कम्प्यूटर प्रविधीको क्षेत्रमा चुनौतीका साथै सम्भावनाहरु धेरै रहेका सुर्खेतमा रहेका सम्पूर्ण कम्प्यूटर संग सम्बन्धि व्यवसायी, कम्प्यूटर इन्ष्टिच्यूट र यस क्षेत्र रहनुभएका सम्पूर्णलाई क्यान महासंघमा आबद्ध हुन अनुरोध गर्नुभएको थियो ।

क्यान महासंघ सुर्खेतका महासचिव तिलक आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रम सुर्खेतका कम्प्यूटर व्यावसायी लगाएत कम्प्यूटर क्षेत्र संग रहेका क्यानका सदस्यहरुले शुभकामना दिनुभएको थियो ।