कठै कर्णालीअ कृतिको बिमोचन
भाद्र ९, कालीकोट ।
कर्णाली प्रदेशका कालीकोट र दैलेख जिल्लाको सिमा क्षेत्रमा पर्ने महावु लेकमा महाबुक धार्मिक पर्यटन मेला शान्तिपूर्ण रुपले सम्पन भएको छ । शुक्रबारदेखि सुरु भएको मेलामा उपस्थित भक्तालुजनहरुले शिवको बिधिबत पुजा आजा गरी मेला सम्पन भएको हो ।
मेलाको उद्घाटनमा कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्रबहादुर शाहि, पर्यटन मन्त्रि नन्दसिह बुढा आउने भने पनि मौसम खराबिका कारण नआए पछि भने स्थानियले दुख ब्यक्त गरेका छन् । स्थानियबासिका अनुसार कर्णालीकै प्रर्यटन क्षेत्र मानिएको काीलकोट र दैलेखको सिमानामा पर्ने महाबु लेक, बाजुरा र कालीकोटको सिमानामा पर्ने बडिमालिका, चुलिमालिका, पुगमालिका, देउरा जस्ता पर्यटकिय स्थलहरुमा कर्णाली प्रदेशका मन्त्रिहरुको उपस्थिति नहुनुमा यो प्रदेश भित्र रहेका धार्मिक स्थलहरुलाई बेवास्ता गरेको दुखेसो गरेकाछन् ।
महाबु संरक्षण संस्थाका अध्यक्ष सुजनकुमार शाहिको अध्यक्षता, महावै गाउपालिकाका अध्यक्ष नन्दबहादुर सिहको प्रमुख आतिथ्यता, नेपाल कम्युनिष्ट पार्टीका यूवा नेता चित्रसिह गाउँलेको बिषेस आतित्थतामा सम्पन्न भएको हो ।
सो अबसरमा नेता तथा साहित्यकार चित्रसिंह गाउँले खस भाषामा प्रकाशित कठै कर्णालीअ कृतिको समेत बिमोचन गरिएको छ । बिमोचित कृतिमा कर्णाली प्रदेशको समृद्धिको मार्गचित्र झल्काइएको छ ।




Milan Shrestha । ९ भाद्र २०७५, शनिबार ०९:५३ बजे