वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा


Prachanda-Cab-768x460९ फागुन, काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले भने, वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको चुनाव हुन्छ ।’

चुनाव घोषणाको प्रमुख विपक्षी नेकपा एमालेका साथै सत्तारुढ राप्रपाले स्वागत गरेको छ । तर, मधेसी मोर्चाले भने दबावमुलक आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मधेसी मोर्चाको असन्तुष्टि छ नि भन्ने प्रश्नमा सरकारका प्रवक्ता कार्कीले भने, ‘अब देश चुनावमा गयो ।’ स्थानीय चुनाव घोषणाको तयारीका क्रममा सोमबार मन्त्रिपरिषद् बैठक मात्र तीन पटक बसेको थियो ।

साभारः अनलाइनखबर