गरिबीको गीत गाएर बस्न सक्दैनौँ: अर्थमन्त्री पौडल


काठमाडौ-अर्थमन्त्री विष्णु पौडेलले गरिबीको गीत गाएर मात्र मुलुकको आर्थिक सम्वृद्धि नहुने बताएका छन्। शनिबार बजेट बक्तव्य सार्वजनिक गरेपछि आइतबार आयोजना गरेको बजेट अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले अबको दशक आर्थिक सम्वृद्धिको दशक हुने दाबी गरे।
‘गरिवीको गीत गाएरमात्र बस्न सकेनौं,’ अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले भने, ‘मुलुकको वृहत्तरहितलाई ध्यानमा राखेर बजेट ल्याएका छौं ।’ गरिवी घटाउनको लागि सरकार प्रतिवद्ध रहेको छ ।’

बजेट वितरणमुखी र महंगी बढाउने खालको भन्दै आलोचना भइरहँदा उनले बजेटको बचाउ गरे । ‘हामी लोककल्याणकारी राज्यतर्फ उन्मुख भएका छौं,’ उनले भने, ‘संविधान र संघियताको कार्यान्वयसँगै बजेटले उच्च आर्थिक वृद्धिमा जोड दिएको छ ।’ बजेटको आधार ठूलो भएको र पूँजीगत खर्च हुन नसकेकोमा पत्रकारको जिज्ञासामा पौडेलले स्पष्ट योजनाका साथ बजेट विनियोजन भएकोले कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका थिए ।

साभारः नागरिक अनलाइन