बाजी मार्लान त “शाक्य”ले ?


२२ असोज, सुर्खेत । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरेर पठाई सकेका छन् ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा एमालेबाट नेता यामलाल कंडेल एकल रुपमा सिफारिस भईसक्नु भएको छ ।

काँग्रेसबाट आधा दर्जन प्रदेश सभामा चुनाव लडने भन्दै सिफारिस हुँदा माओवादीबाट पनि प्रदेश सभा निर्वाचनका लागि केहि व्यक्तिको नाम सिफारिस भइसकेको छ । नेकपा एमालेकालागि कर्णाली प्रदेश भरि सबैभन्दा सुरक्षित प्रदेश सभा क्षेत्र मानिएको सुर्खेत २ (क) मानिदै आईरहेको छ ।

स्थानीय तहको निर्वाचनमा एमालेले पाएको मत हेर्दा एमालेबाट मुख्यमन्त्रीका दावेदार कंडेल नै उम्मेदवार बनेपछि गठबन्धन दलहरुबीच एमालेका उम्मेदवारलाई हराउन सक्ने त्यागी शिर्ष नेताको छनौटका लागि नेपाली कांग्रेस पार्टी भित्र छलफल भईरहेको एक सुत्र बताउछ । यसरी राजनीतिक यात्रामा हालसम्मको अवस्था हेर्दा विभिन्न समयमा सिंगो पार्टीका लागि त्याग गरेका सबैले रुचाउने नेता कालीप्रसाद शाक्यको चर्चा विभिन्न स्थानमा हुनुका साथै र युवाहरुले पनि माग गरिरहेका अवस्था हो ।

सुर्खेत जिल्लामा विगतका समयहरुमा पार्टी भित्रको आन्तरिक द्वन्दका कारण वर्तमान उपासभापती खड्का समूहको सुर्खेत जिल्लामा अवस्था कमजोर हुँदादेखि नै साख जोगाइ राख्न सफल शाक्यले प्रदेश सभाको निर्वाचनमा आफ्नो उम्मेदवारीकोलागि दावी गर्नुभएको छ ।

को हुन शाक्य
२०३५ सालको नेपाल विद्यार्थी संघद्वारा आफ्नो राजनितिक यात्रा शुरु गर्नुभएका शाक्यले पञ्चायतकालामा पार्टीको विभिन्न पदमा रही आफ्नो सक्रियता प्रस्तुत गरिसक्नु भएको छ । यति मात्र नभै २०४९ सालमा नगर प्रमुख पदकालागि पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको थियो । यसैगरि २०५१ सालदेखि २०५३ साल सम्म पार्टीको जिल्ला सचिव पदमा रही कार्य गरेको अनुभव शाक्यमा छ ।

२०६२ र ०६३ को जनआन्दोलनमा पनि जिल्लाको कार्यवहाक सभापति भै पार्टीको अतुल्नीय योगदान पुर्याउनुभएका शाक्यले १३औं महाधिवेशनमा हार व्यवहोर्ने सुनिश्चित भएतापनि शिर्ष नेताको आग्रहमा आफ्नो उम्मेदवारीता दिइ पार्टी विचलित हुनवाट जोगाउन महत्वपूर्ण योगदान रहेको थियो ।

उहाँ भन्नुहुन्छ सिङ्गो पार्टीमा रही आफूले योगदान दिएको महशुस गरि नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफूले जिल्ला सभापति पदामा उम्मेदवारी दिने निश्चित नै भएता पनि शिर्ष नेताहरु कदर सहित पार्टीलाई बचाई राख्नका लागी आफुले उम्मेदवार नदिएको र मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएको हुँदा न्याय पाउने छु । शाक्य २०४८ सालदेखि हाल सम्म महाधिवेशन प्रतिनिधी रहँदै आउनुभएको छ ।