कोरोना संक्रमण नेपालमा एकैदिन सर्वाधिक पुष्टी


२० बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो । यस्तै पछिल्लो चौविस घण्टामा कर्णालीमा कर्णालीमा ५ जनाको ज्यान गएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको हो । त्यस्तै पछिल्लो चौविस घण्टामा ५ सय ८१ जनामा RT-PCR विधिबाट परिक्षण गर्दा ३ सय ४७ जनामा संक्रमण पुष्टी भएको छ भने Rapid Antigen विधिबाट ४ सय ४२ जनामा परिक्षण गर्दा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै पछिल्लो चौविस घण्टामा २० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हाल आइसोलेसनमा ४ सय ५७ जना संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

यसैवीच सेतोखरी अनलाइन पत्रिकाका अनुसार सुर्खेतकी एक कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माउनुभएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भेरीगङ्गा ११ सुर्खेतकी २२ वर्षिय महिलाले स्वस्थ बच्चालाई जन्म दिनुभएको हो ।