
पुस,२१ सुर्खेत । नेपालकै ईतिहासमा वीमाको क्षेत्रमा केहि सयम नम्बर १ रहदै आएको एक जीवन वीमा कम्पनीले साविको वावियाचौर गाविस हाल पञ्चपुरी—५, वावियाचौर मा संचालन भएको एक कार्यक्रमका प्रमुख अथितीले उक्त कुरामा जोड दिनु भएको छ ।
एयिशन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सुर्खेतले शनिवार(आज) वावियाचौरमा आयोजना गरेको एक दिने अभिकर्ता÷पूर्नताजगी तालिममा, तालिमका प्रमुख अथिती उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अथिती एवंम् एशियन लाईफ इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख बिजय पराजुलीका अनुशार २०६४ सालमा स्थापना भएर बजारमा वीमाको क्षेत्रमा व्यवसाय गरिरहेको एशियन लाईफ ईन्स्योरेन्सले हाल सम्मकै अत्याधिक बोनस ८५ प्रतिशतले वितरण गरिरेको र यो बोनस प्रतिशत अन्य १८ वीमा कम्पनीहरुको भन्दा सर्वाधिक भएकोले अन्य कम्पनी भन्दा एशिनयमा नै वीमा गर्नु पर्ने बताउनु भयो । पराजुलीका अनुशार हालको परिवेशमा नेपालको ७५ जिल्ला भरी नै शाखा स्थापना गरि कार्य गर्दे आईरहेको र यस आर्थिक बर्षमा कम्पनीले २ अर्ब भन्दा बढिको व्यवसाय लक्ष्यका लागी नयां कार्य रणनिती सहित कम्पनी बजारमा आएको जानकारी दिनु भयो, पराजुले आफ्नो प्रस्तुतिकरणमा नेपाल अधिराज्य भरी एशियन लाईफ इन्स्योरेन्सका ७४ हजार भन्दा अभिकर्ता रहेका साथै हालै मात्र कम्पनीले अन्य वीमा कम्पनीहरुको भन्दा बढी १९ वटा उत्पादनहरु बजारमा ल्याईसकेकोले अब वीमितहरुको चाहाना बमोजिम र उहांहरुको इच्छा अनुशार रोजी–रोजी ढुक्क संग वीमा गर्न सकिने भएको हुदा एशियन लाईफ इन्स्योरेन्स कम्पनीमा नै वीमा गर्न आग्रह गनुभयो ।
तालिममा शाखा सुर्खेतका वरिष्ठ अधिकृत पारसमणि खनालले वीमा योजना र कर्जा लगानीको बारेमा, शाखा सुर्खेतका सिनियर बिजनेश म्यानेजर प्रवेशमान मानन्धरले मृत्यू दाबी र त्यसमा अभिकर्ताको भुमिका, यसै गरी सिनिय बिजनेश म्यानेजर दलबहादुर गुरुङ्गले सफल अभिकर्ताको अनुभव र सफलता, बिजनेश म्यानेजर मिलन श्रेष्ठले वीमाको परिचय र त्यसको महत्व, शाखा सुर्खेतका सहायक बिज्ञान ओझाले वीमा शुल्क गणना र स्वास्थ्य सम्बन्धि र सिनियर सहायक निर्मला सुवेदी(पाठकले) वीमा जारी हुने प्रक्रिया र प्रस्ताव फाराम भर्ने सम्बन्धि सहजीकरण गर्नु भएको थियो ।
एशियन लाईफ इन्स्योरेन्स शाखा सुर्खेतले आयोजना गरेको एक दिने अभिकर्ता÷पूर्नताजगी तालिममा वावियाचौर, गुठु, बेतान, लगाम, घाटगाउ, तातापानी लगाएतका स्थानबाट करिब एक सय भन्दा बढी पुराना एवंम् नयां अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
Milan Shrestha । २१ पुष २०७५, शनिबार १४:४४ बजे