किशोरी बलात्कार पछि हत्या घटना, नागरिक समाज कालिकोटको विरोध सभा


त्रित्ना सिंह

१९ भाद्र, कालीकोट । १९ वर्षिया किशोरिलाई वन्धक वनाई  वलात्कार पछि हत्या गरिएको विषयमा नागरिक समाज कालिकोटले  विरोध गरेको छ । सदरमुकाम मान्मवजार परिक्रमा गरि कालो व्यानरमा अझै महिला असुरक्षित छन, बलात्कार गरि विष खुवाएर हत्या गर्ने व्यक्ति लाई छानविन गरि कानुन अनुसार कारवाहि गर भन्ने नारा लगाउदै र्यालि बिरोधसभामा परिणत भएको हो ।

सभामा बोल्दै मृतकका आफन्त लिलाराज न्यौपानेले जिल्ला प्रहरी कार्यलय कालीकोटले घटनाको जिम्मा नलिने भएकाले दैलेख जिल्ला प्रहरी कार्यालयमा किटानि जाहेरि दिएको वताए । उनले मृतक बालिका आफनो अध्ययन लागि सुर्खेतमा वस्दै आएको र घर फर्किने क्रममा बाटोमै गाडि ड्राइभरले तिम्रो मामा हो  म तिम्रो घर पु¥याई दिन्छु भनि तिन दिन सम्म खिड्कि ज्युलाको आले होटलको अन्धकार कोठामा वन्धक वनाएर बलात्कार गरि विष खुवाएर हत्या गरिएको प्रहरीले आशांका गरिरहदा पनि जिल्ला प्रहरि कार्यालय दैलेखले घटनाको ढाकछोप गर्ने आशंका बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोट र जिल्ला प्रहरी कार्यालय कालीकोटलाई साँक्षी राख्दै दोषीलाई छानविन गरि कानुन अनुसारको कारवाहि गर्न माग गर्नु भयो ।

यस्तै विरोध सभामा नागरिक समाज कालिकोटका संयोजक दमन राज वम र पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले नेपालमा अझै पनि महिला असुरक्षित रहेको भन्दै प्रहरी प्रसांशन संग ट्रयाफिक चेक जाँचमा ड्राइभर संगैको सिटमा महिला राख्ने मनपरि तन्त्र लाई अव देखि अन्त्य गर्न पनि माग गर्नु भयोे ।

कर्णाली राजमार्ग अबरुद्ध भएको मौका छोपि किसोरी प्रति गिद्दे नजर लगाउने ट्रक चालक र आले होटल साहु तथा अन्य ट्रक चालकहरु समेत प्रहरि कब्जा गरि दोषि र निर्दोषि छुट्रयाई कडा भन्दा कडा कार्वाहि गर्न माग गर्दछौ भनि नागरिक समाज कालीकोटले आज बिरोध र्यालि निकालि हो ।

३ दिन सम्म नजर बन्दमा राखि बलात्कार गरि हत्या गर्ने अपराधिलाई कानुन अनुसारको कार्वाहि नगरि माफि दिए कालीकोटका सचेत नागरिक, पत्रकार, ब्यापारि, बुद्धिजिवि तथा आम कालीकोटबासिहरु मात्रै नभई देशभरका सचेत नागरिकहरु दैलेख पुगि ज्यानको बाजि थापेर आन्दोलन गर्ने पत्रकार महासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेले चेतावानी दिनु भयो ।