बैशाख ८ मा स्वप्न सुमन र कमल खत्रीको साँगितिक कार्यक्रम हुने


६ बैशाख, सुर्खेत । यही बैशाख ८ गते युवापुस्ताका चर्चित गायकद्वय स्वप्न सुमन र कमल खत्रीले स‍ुर्खेतको साँगितिक महोल तताउने भएका छन् ।

नेपालको इन्टरनेट सञ्जालमा आफ्नो बलियो उपस्थिति जनाइसकेको वर्ल्डलिंक कम्यूनिकेशनस प्रा.लि. को आयोजना “छिटो भनेकै वर्ल्डलिंक” नामक साँगितिक कार्यक्रममा गायकद्वय सुमन र कमलले सुर्खेतको साँगितिक माहोल तताउने भएका हुन् ।

बैशाख ८ गते शनिवारको दिन घण्टाघर चौकमा हुने उक्त साँगितिक कार्यक्रममा यि दइ गायकको प्रस्तुति रहनेछ । साथै स्थानिय गायक तथा गायिकाहरुको पनि प्रस्तुति रहने वर्ल्डलिंक सुर्खेतका शाखा प्रवन्धक नवराज पंगालीले जानकारी दिनुभयो ।

दिउँसो ४ बजे बेलुका ८ बजे संचालन हुने साँगितिक कार्यक्रममा गेम, वर्ल्डलिंकको इन्टरनेट अनुभव र भारी छुटका साथ वर्ल्डलिंक कम्यूनिकेशनस प्रा.लिं. को इन्टरनेट बुकिङ्ग गर्न सकिने शाखा प्रबन्धक नवराज पंगालीले जानकारी दिनुभयो ।