देउडा बाह्रखरी र छाया सँगै बिमोचन हुने


असोज ४, सुर्खेत ।

आउँदो शनिबार असोज ६ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दुईवटा कृतिको बिमोचन हुने भएको छ ।

कृष्णराज धमाला अपूर्ण को देउडा बाह्रखरी र भरत सुबेदिको छाया उपन्यासको एउटै कार्यक्रममा बिमोचन गरिने भएको हो ।

मध्यपश्चिम गजल मञ्चको आयोजनामा मध्यपश्चिमाञ्चल बिश्वविद्यालयको केन्द्रिय सभाहलमा दुबै कृतिको बिमोचन हुने आयोजकले जनाएकाछन् । मञ्चका महासचिव पहल असिमका अनुसार अपूर्णको छैटौं कृति देउडा बाह्रखरी र सुबेदिको पहिलो कृति छाया उपन्यासको बिमोचनका अन्तिम चरणमा पुगेका छौं । बाह्रखरीलाई देउडा गीतमा रुपान्तरण गरिएको र उपन्यास सँगै एउटै थलोमा बिमोचन हुँदैछ महासचिव असिमले बताउनु भयो । कृति बिमोचन सँगै रचना बाचन पनि हुने बताइएको छ ।

सोही दिन अनमोल स्मृति प्रतिष्ठान द्वारा आयोजना हुने’ रारा साहित्य तथा साँस्कृतिक महोत्सब २०७५’ पनि घोषणा गरिने जनाइएको छ ।