सामाजिक कार्यमा “कैंची ग्याङ्ग नेपाल”


२४ साउन, सुर्खेत । यो समय अहिले भनेको कोरोना भाइरसले ग्रसित समय हो । यही समयमा यूवापुस्ताहरु यतिवेला विभिन्न सामाजिक काममा व्यस्त भएको देख्न सकिन्छ ।

यही माझमा सामाजिक सञ्जालमा अर्को एउटा समूहको उदय भएको छ “कैंची ग्याङ्ग नेपाल” । यो समूहले अहिले विभिन्न सामाजिक काम व्यस्त छ । कहिले जिर्ण विद्यालय मर्मत र रंगरोगन त कहिले बृक्षारोपण । यसैवीच यो समूहले आज जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको सहयोगमा  सुर्खेत-दैलेख खण्डको कपासे देखि लादे सम्मका विभिन्न ठाँउमा ट्राफिक जनचेतनामूलक साइनबोर्डहरु राखेको छ ।

समूहले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि., मध्यपश्चिम ट्रक तथा ट्याक्टर व्यावसायी संघ, हाम्रो ट्रेडर्स एण्ड अर्डर सप्लायर्स, महालक्ष्मी इन्टरप्राइजेज, न्यू प्रकाश इन्जिनियरिङ्ग वर्कसप, न्यू देउती विजुली भण्डारबाट सहयोग लिएर कार्यक्रम गरेको समूहका सदस्य नरेश शर्माले जानकारी दिनुभयो ।

ट्राफिक चेतनामूलक साइनबोर्डहरु आर्टिष्ट सुरज गुरुङ्ग (चुमेश)ले सहयोग गर्नुभएको शर्माले जानकारी दिनुभयो ।