
२५ भाद्र, सुर्खेत । हरेक बर्ष आयोजना हुँदै आएको छाँयाछवी तिज म्यूजिक अवार्ड २०७५ मा सुर्खेतका युवा कलाकारहरु हरि विष्ट, धर्मराज गिरी, विशाल ढकाल र मोडेल दिपाशा विसीले विभिन्न विधामा अवार्ड हासिल गर्नुभएको छ ।
यसपटकको पाँचौ छाँयाछवी तिज म्यूजिक अवार्डमा ९ विधामा नोमिनेशनमा परेको हरि विष्टको “माईती देश सम्झेर” ले ३ वटा विधामा र “माईतीको आश” बोल तिज गितले १ विधामा अवार्ड हासिल गरेको छ ।

विष्टको “माईती देश सम्झेर” सर्वोत्कृष्ट तीज गीत (संगीत/लय ), सर्बोत्कृष्ट तीज गीत (मिक्सिङ) “माईती देश सम्झेर”-कुमार राना, सर्बोत्कृष्ट तीज गीत (एरेञ्ज) “माईतीको आश” -झलक संगितम र सर्बोत्कृष्ट तीज गीत (युगल मोडल) “माईती देश सम्झेर” -दिपाशा बि.सी/टिका जैसीले अवार्ड हासिल गर्नुभएको हो ।

त्यस्तै अर्का सुर्खेतका कलाकार सर्जक धर्मराज गिरीले उत्कृष्ट तिज गित लयको अर्वाड हासिल गर्नुभएको छ भने कृटिक्स लय तर्फ “डोली चढियो” बोलको तिज गितबाट विशाल ढकालले अवार्ड हासिल गर्नुभएको छ ।
अवार्ड ग्रहण गर्दै कलाकार विशाल ढकालले आफ्नो साँगितिक जीवनमा सबैभन्दा खुशीको क्षण भएको बताउनुभयो ।

फोटोसाभारः हरि विष्ट र विशाल ढकालको फेसबुकबाट



Prawash Kumar Shakya । २५ भाद्र २०७५, सोमबार २०:३८ बजे