
८ बैशाख, सुर्खेत । मध्यपश्चिम क्षेत्रिय अस्पतालमा बेड नपाई सडकमै बच्चा जन्मिएको समाचार सही नभएको डा. डम्बर खड्काले जिकिर गर्नुभएको छ ।
दैलेख जिल्लाको डाँडापराजुल घर भएकी सिर्जना विकको मध्यपश्चिम क्षेत्रिय अस्पतालमा बेड छैन भनी पठाएको समाचारमा सत्यता नभएको भन्दै गलत समाचार सम्प्रेषण गरीएको डा. खड्काल बताउनुभयो ।
डा. खड्काले हाल अस्पतालमा गर्भवती महिलाका लागि ४० बेड रहेको जानकारी दिदै बेड नभएको भनि कसैलाई पनि नफर्काइएकाले समाचार गलत भएको उहाँको भनाई छ । गर्भवती महिलालाई चेक जाँच गरेर अस्पतालमा राख्नु पर्ने या नराख्नु पर्ने भन्ने जानकारी दिइने हुँदा २ दिन अघि फर्किएकी सिर्जनालाई अस्पतालले बेड नदिएको भन्ने समाचारमा सत्यता नभएको भन्दै २४ घण्टा सेवा सुचारु रहेका पनि उहाँले बताउनु भयो ।
डा. खड्काले ११ तहको डाक्टरले राती पनि विरामीलाई सेवा दिने अस्पताल यही मात्र हो भन्दै सेवामा कुनै पनि कमि हुन नदिँदा पनि गलत समाचार बाहीर आएको दुख समेत ब्यक्त गर्नुभयो ।
अस्पताल विकास समितिका सदस्य खगेन्द्र अधिकारीका अनुसार गर्भवती महिलालाई बैशाख ६ गते अस्पतालमा डा. अमिनले चेकजाँच गर्दा बेथा नलागेको भन्ने जानकारी दिई पठाएको र ७ गते देउती अस्पतालमा बिहान र साँझ ५ बजे निशुल्क चेकजाँच गर्दा पनि बेथा नलागेकोले डाक्टरको सम्पर्क रहन आग्रह गरेको बताउनुभयो ।
उहाँका अनुसार बिहान ८ गते ५ बजे पेट दुखेपछि अस्पताल जाने तयारी गर्दै गर्दा होटेलको मूल ढोकामा नै बच्चा जन्मेको जानकारी दिदै सदस्य अधिकारीले अस्पताललाई नियोजित रुपमा अस्पतालको बेइज्जत गरिएको जिकिर गर्नुभयो । अस्पतालले गरेका सकारात्मक कामको चर्चा कहिल्यै नहुने भन्दै सदस्य अधिकारीले केही नहुँदा पनि भ्रमित समाचार सम्प्रेण गरीनु दुखद् भएको बताउनुभयो ।



Prawash Kumar Shakya । ८ बैशाख २०७५, शनिबार ०७:५४ बजे