मदन भण्डारी राजमार्ग योजना अन्तर्गत सुर्खेतमा सर्वे कार्य शुरु


तस्विर ःहिमाल पत्र अनलाईन बाट ।

सुर्खेत, १८ जेठ ।
सरकारले मदन भण्डारी राजमार्ग निर्माणको घोषणा गरे संगै सुर्खेतमा राजमार्ग निर्माणको सर्भे सुर भएको छ ।
सुर्खेतको बोटेचौर बड्डीचौर, सडक खण्डमा पर्ने धुलीयाबिट भेडाबारी सडक खण्डको करिब ३७। ४०० किलोमीटर सडकको सर्भे बिहिवार देखी सुर भएको हो ।
कर्णाली प्रदेशका भौतीक पुर्वाधार मन्त्री खड्क बहादुर खत्री सहित सुर्खेत निर्वाचन क्षेत्र नम्वर १ का प्रदेश संसद ठम्मर बिष्ट लगाएत सडक डिभिजन कार्यलय सुर्खेतको टोलीले सर्भे सुर गरेको हो ।
राजमार्ग निर्माणको बिस्तृत परियोजना सर्भे पश्चात भौतकि पुर्वाधार तथा योजना मन्त्रालयबाट योजना स्वीकृत भए पछि काम सुरु हुने सडक डिभिजन कार्यलय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले जानकारी दिए ।
झापाको शान्तिनगरबाट सुरु हुने राजमार्ग , सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी पुग्नेछ ।
त्यस्तै गुल्मीको तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।
आगामी वर्षको बजेटमा यो राजमार्गका लागि सम्भाब्यता अध्ययन गर्न बजेट विनियोजन हुनेछ । आगामी वर्षबाट मदन भण्डारी राजमार्गका विभिन्न भागको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार पार्ने काम पनि सुरु हुनेछ । झण्डै १२ सय किलोमिटरको यो राजमार्ग दुई लेनमा बनाइने छ ।
साभारःहिमाल पत्र ।