भिमसेन मन्दिर स्थापनाकोलागि आर्थिक सहयोग जुट्दै, मुख्य न्यायधिवक्ता श्रेष्ठद्वारा रु १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग


१९ माघ,सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्य न्यायधिवक्ता ध्रुवकुमार श्रेष्ठले आज एक कार्यक्रम बिच भिमसेन मन्दिर स्थापनाको लागी रु १ लाख ११ हजार १ सय ११ प्रदान गर्नु भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बसोबास गर्दै आईरहेका नेवार समुदायहरुको कलासंस्कृति, भेषभूषा र भाषा संरक्षण हेतु नेवाःदेय् दबू जिल्ला कार्य समिति सुर्खेतको महाअभियान अन्तर्गत भीमसेन मन्दिर स्थापनाको लागि मुख्य न्यायधिवक्ता श्रेष्ठले रु १ लाख ११ हजार १ सय ११ प्रदान गर्नु भएको हो ।

२०७८ साल कात्तिक १३ गते नेवाःदेय् दबूको चौथो अधिवेशनमा भिमसेन थान मन्दिर स्थापनार्थ नेवारी समुदायहरुले आर्थिक का लागी गरिएको कबुल रकम आज उपलब्ध गराउनु भएको दबू जिल्ला सचिव बालकृष्ण श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुशार आज न्यायधिवक्ता श्रेष्ठ सहित वीरेन्द्रनगर नगरपालिका वडा नः६ निवासी रम्माकुमारी श्रेष्ठले पनि मन्दिर स्थापनाको लागी रु ११ हजार ५५ रुपैया सहयोग गर्नु भएको छ ।