
मौसम कुमार
वैशाख ९, दैलेख ।
दैलेखको गुराँस गाउँपालिकामा जनताले उनिहरुको चाहना अनुसार योजना बनाई कार्यान्वयन गर्न सुझाव दिएका छन । विकासमुखि वजेटमा ध्यान दिनुपर्नेमा जोड दिदै विकासको नाममा गरिएका कार्य चित्त नबुझेको भन्दै आगामी दिनहरुमा यस्ता कार्यहरु नदोहोरिन जनताले खबरदारी समेत गरेका छन् ।
गाउँपालिकाको वडा नं. २ मा गरिएको कार्यक्रममा सहभागी जयबहादुर वलीले सामाजिक, आर्थीक रुपमा गरिने कामहरुको वारेमा जानकारी समेत माग गरेकाछन् । कार्यक्रममा स्थानियहरुले गाउँको विकास, महिला, दलित, जनजातीहरुको हकहितका बारेमा स्पष्ट खाका सहित काम गर्न सुझाब दिएकाछन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खेमराज वलीले आर्थिक सामाजिक रुपमा जनताको जीवन स्तर उठाउनका लागि गाउँसभावाट ऐन नियम पास गरिसेको र सोही अनुसार अगाडी बढ्नेमा जोड दिएकाछन् ।
Milan Shrestha । ९ बैशाख २०७५, आईतवार ०६:०२ बजे