
२० पौष, सुर्खेत । राष्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशमा गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।
तीन पदका लागि दुवै पक्षबाट ६ जनाले आज उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत) महिला तर्फबाट, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) अपाङ्ग तर्फबाट, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान)ले अल्पसंख्यकबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यस्तै, नेकपा एमालेबाट चुडामणि शर्मा (सुर्खेत), पदबहादुर माझि (दैलेख) र गंगा थापा महत (जुम्ला) ले राष्ट्रिय सभा पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कर्णालीमा प्रदेश सभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख/ उप–प्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १५६ गरी १९१ जनाले मतदान गर्ने बताइएको छ। कर्णालीमा पालिकाको मतभार १८ र सांसदको ४८ रहेको प्रमुख निर्वाचन अधिकृत डा.राजेन्द्रकुमार आचार्यले जानकारी दिनुभयो ।




Milan Shrestha । २० पुष २०७८, मंगलवार १८:२२ बजे