स्वास्थ्यकर्मीलाई सामाग्री वितरण


२८ चैत्र, कालिकोट । कालिकोटको पलाँता गाँउपालिकाले विश्वव्यापी महामारी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गरेर स्वास्थ्यकर्मीलाई सामाग्री वितरण गरेको छ ।

गाँउपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छाले गाँउपालिकाले अहिले डिउटीमा खटिने सुरक्षाकर्मीहरुलाई दैनिक ५ सय खाना तथा खाजा खर्च बापत उपलब्ध गर्ने निर्णय गरेको बताउँनुभयो । उहाँले पलाता सरकारले अहिले सम्म पलाँता २ स्वास्थ्य चौकी धौलागोहमा विभिन्न स्वास्थ्य सामाग्री सम्पुर्ण स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु लागि सुरक्षा कवज पिपिइ १ सय सेट १ सय थान सेनिटाइजर तथा ग्लोब्स र माक्स २ हजार थान वितरण बताउनु भएको छ ।

अवश्य पनि यो कार्यले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले उच्च मनोबलले आआफ्नो कार्यमा लाग्नु हुनेछ भन्ने विश्वास लिएको छु । अध्यक्ष बमले भन्नुभयो ।