सम्पादक एलनको अध्यक्षतामा वास मिडिया फोरम गठन


चैत्र ७, सुर्खेत ।

विभिन्न सन्चार माध्यममा कार्यरत रही खानेपानी सरसफाई तथा स्वच्छताको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको भेलाले वास मिडिया फोरम गठन गरेको छ ।

वास क्षेत्रमा कार्यरत पत्रकारहरुको दक्षता अभिबृद्धि, नियमित सम्पर्क तथा सूचनाको आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले हाम्रो इकोनोमीका सम्पादक पत्रकार रामकुमार एलनको अध्यक्षतामा खानेपानी तथा सरसफाई सञ्चार मञ्च नेपाल गठन गरिएको हो ।

मञ्चको उपाध्यक्षमा सविन शर्मा, महासचिवमा पी.टी. लोप्चन, सचिवमा सम्झना महर्जन, कोषाध्यक्षमा मनिषा अवस्थी, सदस्यहरुमा टीका बन्धन, गोपाल (यज्ञराज) घिमिरे, शालिग्राम तिवारी, रुपचन्द्र महर्जन, नवीन पल्लभ र सुजाता खत्री रहनुभएको छ ।

सम्पन्न भेलाले खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल, कान्तिपुर दैनिकका पत्रकार गोपाल तिवारी, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा र गोरखापत्र दैनिकका लक्की चौधरीलाई सल्लाहकार राख्ने निर्णय गरेको जनाइएको छ ।