अफगानिस्तान : आत्मघाती हमलामा ३१ जनाको मृत्यु


अफगानिस्तानको राजधानी काबुलमा एउटा मतदाता दर्ता केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ३१ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

अन्य ५० जना घाइते भएका छन्।

केन्द्रको प्रवेशद्वारलाई लक्षित गरेर आत्मघाती विस्फोट भएको थियो।

७० प्रतिशत भूभागमा तालिबान सक्रियः बीबीसी

इस्लामिक स्टेट समूहले आफूले उक्त आक्रमण गराएको दाबी गरेको छ।

अफगानिस्तान

अफगानिस्तानको टिभी स्टेशनमा हमला

आगामी अक्टोबरमा हुने चुनावका लागि मतदाता दर्ता प्रक्रिया एप्रिल महिनाबाट सुरु भएको थियो। बिबिसी बाट