भ्रष्टाचार र पदलोलुपुताले गाँजिएको नेपाल रेडक्रस सोसाइटीमा वर्तमान तदर्थ कार्यसमिति नयाँ नेतृत्व चयन गराएर निकास दिन भन्दा पनि अन्य काममा लागेर आफ्नो स्वार्थ सिद्ध गर्नतर्फ लाग्दा विभिन्न आराेपहरुको सामना गर्नमै व्यस्त भएको पाइएको छ । नेपाल रेडक्रस साेसाइटीमा अहिले जुन जोगी आएपनि कानै चिरेकाे भन्ने उखान चरितार्थ भएको पाइएको छ ।
नेपाल रेडक्रस साेसाइटीलाई नेपाल सरकारले निर्दिष्ट कार्य सम्पादन गर्न छाेडेर अनावश्यक आफ्ना करारका कर्मचारीहरूकाे समयावधि लम्ब्याउने धूनमा तल्लीन भएको देखिन्छ । केन्द्रीय कार्यसमितिद्वारा भए गरेका आर्थिक अनियमितताकाे छानबिन हुनु कहाँ हाे कहाँ केन्द्रीय रक्त सञ्चार सेवामा कार्यरत करार र स्थायी कर्मचारीहरूकाे मिलेमतोमा असम्बन्धित निकायकाे बिल पेश गरि आर्थिक अनियमितता गरेकाे भेटिएको छ ।
यता रेडक्रस सँगका विभिन्न कामकारवाही सम्वन्धिका जानकारहरु सम्मानित अदालतको फैशला वाहेकको कार्यान्वयन गर्ने अधिकार नरहेको बताउछन् ।
त्यस्तै समय सकिनै लाग्दा तदर्थ समितिका संयोजक विनोदकुमार शर्माको अध्यक्षतामा बसेको ३४६औं बैठकले डा. मनिता राजकर्णीकारलाई १ बर्षकालागि केन्द्रीय रक्तसञ्चार केन्द्रको परामर्शदाता नियुक्त गर्ने लागेको पाइएको छ । भने बैठकले २०८२ कार्तिक २ गते नियुक्त गर्दा अनुपस्थित भएका कर्मचारीहरुलाई यही फागुन २२ गतेबाट ६ महिनाकालागि पुनः नियुक्ति दिने निर्णय गरेको पाइएको छ ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्र रक्तसञ्चार केन्द्रमा पनि यस्तै अनियमिता भेटिएको छ । केन्द्रमा चाहिने आवश्यक स्वास्थ्य सामाग्री सम्वन्धित स्वास्थ्य सामाग्री विक्री गर्ने संस्थाबाट खरिद नगरि स्थानीय पुस्तक पसलबाट खरिद गरेको वील पाइएको छ । यसबारेमा बुझ्दा केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक पवन कुमार गुप्ता भन्नुहुन्छ “त्यस्तो नहुनुपर्ने हो यदी भएको रैछ भने हामी यसबारे बुझ्छौं ।”




News Desk । २५ फाल्गुन २०८२, सोमबार ०७:४८ बजे