राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्प कँडेल, कर्णाली प्रदेशबाट मिनबहादुर शाही सदस्य


बैसाख ११, काठमाडौँ ।

मन्त्रीपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा पुष्प कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

एमाले पार्टीको केन्द्रिय लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेलसँगै आयोगका सदस्यहरुमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुँयाललाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ ।

                                       को हुन् मिनबहादुर शाही
कर्णाली बिद्यार्थी हित समिति मार्फत सामाजिक अभियानमा अग्रसर भएका शाही कालीकोटको रास्कोट नगरपालिकाका स्थायी वासीन्दा हुन् । किर्डाक नेपाल गैरसरकारी संस्थाका अध्यक्ष, कार्यकारी निर्देशक, सामूदायीक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष, सामूदायिक रेडियोको विश्व संगठनका सहअध्यक्ष, मानव अधिकार एलाइन्सका अध्यक्ष लगायतका सामाजिक संस्थाहरुको नेतृत्वकर्ता हुन् मिनबहादुर शाही । नेकपा एमाले केन्द्रिय स्कूल बिभागका सदस्य समेत रहेका शाही कर्णाली प्रदेश बाट सदस्य नियुक्त भएका हुन् ।