खानेपानीका श्रमिक ट्रेड यूनियनद्वारा प्रजिअ समक्ष जानकारी पत्र पेश


१५ असोज, सुर्खेत । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था श्रमिक ट्रेड यूनियनले आज संस्थाका कोषाध्यक्ष बहाली भएसंगै संस्थामा संधै अनावश्यक किचलो भएको भन्दै प्रमुख जिल्ला अधिकारी छवीलाल रिजाल समक्ष जानकारी पत्र पेश गरेको छ ।

यूनियनले पत्रमा २०७४ सालमा कोषाध्यक्ष रामबहादुर गौतम पदबहाली गरे पश्चात कोषाध्यक्षले गर्नुपर्ने संस्थाको सुधार र स्तररोन्नतीका योजनाहरु ल्याउन नसकेको बार्षिक निती तथा कार्यक्रम बनाउन नसकेको र बारम्वार कर्मचारीहरुमाथि प्रहार भएकाले गम्भीर भएर सोच्न युनियन बाध्य भएको उल्लेख छ ।

त्यस्तै पत्रमा कोषाध्यक्षले रकम निकासा नगर्दा २०७७/७८मा सम्पन्न भएका कामको भुक्तानी नहुँदा समयमा मर्मत सम्भार तथा नयाँ पाइप लाइनको काम हुन सकेको एवं कर्मचारीहरुले तलब नपाएको जस्का कारणले खानेपानी संचालनमा जनगुनासोहरु चुलिदै गएको उल्लेख छ ।