
कर्णाली प्रदेशका सरकारद्वारा रु ५० हजार प्रदान
३१ श्रावण, सुर्खेत । आज विहान हाम्रो यस अनलाइनमा विहान प्रकाशित समाचार “तिरस्कारमा युद्धका सिपाही, खुसी हरायो, पीडा पलायो” शिर्षकको प्रभाव कर्णाली प्रदेश सरकारमा परेको छ ।
समाचार लगतै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्ना स्वकिय सचिव मार्फत सरकारका तर्फबाट औषधी उपचारकालागि रु ५० हजार सहयोग गरेको स्वकिय सचिव खेमबहादुर सिंहले जानकारी दिनुभयो ।
पिडित नन्दलाल योगी गुणनिधिका श्रीमती कमला योगीलाई अस्पतालमै भेट गरि सरकार तर्फबाट रकम सहयोग गरेको स्वकिय सचिव सिंहले बताउनुभयो ।
यो पनि पढ्नुस “तिरस्कारमा युद्धका सिपाही, खुसी हरायो, पीडा पलायो”
Milan Shrestha । ३१ श्रावण २०७५, बिहीबार १४:३७ बजे